Wednesday, August 28, 2019

एउटा मुद्दा नसकिदै रवी लामिछने बिरुद्ध पुन: अर्को मुद्दा

रवी लामिछने बिरुद्ध पुन: अर्को मुद्दा परेको छ । उनलाई मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले मुद्दा हालेका हुन्न । विपक्षीहरुले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहितको नग्न उल्लंघन गरेको भन्दै उनले उजुरी हालेका हुन्न । साथै उनेले लामिछनेलाई  पत्रकारिता पेशालाई नै कलंकित पार्ने गरी काम गरेको आरोप पनि लागएका छन । उक्त कुराहरुको आधारमा उन्लाई कार्बाइ हुनेपर्ने माग गर्दै उनले उजुरी दर्ता गरेक हुन्न । 

उन्ले पेश गरेको उजुरी जस्ताको त्यस्तै : 



श्री प्रेस काउन्सिल नेपालमा दायर गरेको
निवेदन–पत्र

बिषयः– पत्रकार आचारसंहिताको नग्न उल्लंघन गर्नेमाथि हदैसम्मको कारबाही गरि पाँउ ।

निवेदक
भीमदत्त नगरपालिका वडा नं. १८ कञ्चनपुरस्थित दैनिक मानसखण्डको सम्पादक खेम भण्डारी.....१
विरुद्ध
जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं २ पानीपोखरी, महाराजगंज स्थित न्युज २४ टेलिभिजन (फोन नं ४००२६६६, ४४४६१९९, ईमेल news@news24neapl.tv
ऐऐ “सिधा कुराजनतासंग”कार्यक्रम.........१
ऐ. ऐ. “सिधा कुराजनतासंग”कार्यक्रमका चिफप्रोड्युसर एवं प्रस्तोता अं वर्ष ५० को रवि लामिछाने (फोन नं ४००२६६६, ४४४६१९९, ईमेल news@news24neapl.tv_.............................................................१

विपक्षीहरुले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहितको नग्न उल्लंघन गर्दै म निवेदकमाथि अन्याय गरेको तथा पत्रकारिता पेशालाई नै कलंकित पार्ने गरी काम गरेकोले विपक्षीहरुविरुद्ध तपशीलअनुसारको दलिल तथा प्रमाण पेश गर्दै उल्लेखित मागदावी अनुसारको कारबाही होस् भनी यो निवेदन पेश गरेको छु ।

१. २०७५ साल श्रावण ११ गते बलात्कारपछि मृत अवस्थामा भेटिएकी जिल्ला कञ्चनपुर भीनपा–२ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तका बारे म निवेदकले निरन्तर रुपमा लेख्दै आएको छु । सम्पूर्णतः तथ्यमा आधारित भएर मैले प्रहरी अनुसन्धानमा भएका त्रुटी तथा सो घटनाका दोषीलाई बचाउने नियतका साथ निर्दोषलाई फसाउने विभिन्न प्रयासको विरोध गरेको छु । मैले नेपाल सरकारद्वारा गठित उच्चस्तरीय छानविन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्दै कलम चलाउँदै आएको छु । मैले सो प्रकरणमा प्रचलित कानुन तथा पत्रकार आचारसंहिताको कहिंकतै उल्लंघन गरेको छैन ।

२. निर्मला प्रकरणमा मैले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको उपभोग गर्दै कलम चलाइरहेको बेला मैले विभिन्न खालका षड्यन्त्रहरुको सामना पनि गर्नुपरेको छ । विभिन्न समाचार पोर्टलमा आधारहिन तथा तथ्यहिन तरिकाले मेरो मानमर्दन गर्ने र निर्मला प्रकरणलाई दबाउने प्रयत्न भइरहेको पृष्ठभूमिमा सञ्चारको मूलधार रहेको न्यूज–२४ टेलिभिजन, सो टेलिभिजनबाट सञ्चालन हुने ‘सीधा कुरा जनतासँग’ तथा सो कार्यक्रमका चिफ प्रोड्यूसर रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन् ।

३. निर्मला प्रकरणका बारेमा विपक्षीहरुले २०७६ साउन ११ गतेबाट सो कार्यक्रममा सामग्री प्रस्तुत गर्न थालेका थिए । २०७६ साउन १६ को कार्यक्रममा विपक्षीहरुले मेरा फेसबुक स्टाटस तथा मैले सम्पादन गर्ने अखबारका आधारमा असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरे । मैले निर्मला प्रकरणलाई तोडमरोड गरेको भन्दै विपक्षीहरुले आफूलाई अनुकूल हुने मेरा फेसबुक स्टाटसलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरेका छन् । २०७५ साउन ११ देखि १५ सम्म र २०७६ भाद्र ७ देखि १० गतेसम्मका मेरा स्टाटसलाई लुकाएर विभिन्न सन्दर्भमा मैले लेखेका स्टाटसको सन्दर्भ नै नखुलाई नितान्त मनोगत र दुर्नियतका साथ रिपोर्ट प्रस्तुत गरियो । पत्रकारिताको आधारभूत तत्व ‘सन्तुलन’लाई लज्जास्पद तरिकाले उपेक्षा गर्दै मलाई यथोचित स्थान नै नदिई विपक्षीहरुले नेपाली पत्रकारिताकै अनुहारमा कालो पोत्ने गरी काम गरेका छन् ।

४. २०७६ साउन १६ को अंकपछि दवाव उत्पन्न हुँदा विपक्षीहरु मलाई सो कार्यक्रममा स्थान दिन सहमत भए । सहमति अनुसार २०७६ साउन २१ को अंकको पूरै समय मलाई दिनेसहितका शर्तमा म सो टेलिभिजनको स्टुडियोमैं उपस्थित हुने सहमति भयो तर विपक्षीहरुले पत्रकारिताका सबै आधारभूत मान्यता र सिद्धान्तको धज्जी उड्ने गरी सो अंकमा निम्नानुसारका गैरव्यावसायिक व्यवहार गरे

(क) दर्शकहरुलाई बुझ्न सजिलो होस् भनी मैले तयार गरेका सामग्री निर्धारित कार्यक्रमभन्दा एक दिन पहिले नै मैले मेरो इमेलबाट गुगल ड्राइभ प्रयोग गरी कार्यक्रमका उत्पादक दीपक बोहराको इमेलमा पठाएको थिएँ । विपक्षीहरुले व्यावसायिक आचरणविरुद्ध तत्काल मेरा इमेल निर्मला प्रकरणमा निलम्बित तथा कञ्चनपुर जिल्ला अदालतमा यातना तथा प्रमाण नष्ट सम्बन्धी मुद्दा खेपिरहेका निलम्बित डिएसपी अंगुर जिसीलाई फरवार्ड गरिदिएका रहेछन् । निज जिसीले गुगल ड्राइभमा ‘एक्सेस’ माग्दा गैरव्यावसायिक तरिकाले इमेल फरवार्ड गरिएको मैले थाहा पाएँ । सोको सबै प्रमाण यसैसाथ संलग्न छ । विपक्षीहरुको यस्तो व्यवहारले पत्रकारितालाई विचौलिया धन्दाका रुपमा प्रयोग गरेको मेरो ठम्याई छ ।

(ख) पूर्वशर्त अनुसार सो अंकको पूरै समय म एक्लैलाई प्रदान गरिनुपर्नेमा कार्यक्रम सुरु भएको करिब १० मिनेटसम्म पनि लुकाएर अकस्मात स्टुडियोमा निलम्बित डिएसपी अंगुर जिसीलाई उपस्थित गराइयो । जुन आरोपमा जिसी निलम्बित भएका हुन् र जुन अभियोगमा उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ सोही विषयको विज्ञका रुपमा चोरबाटोबाट जिसीलाई कार्यक्रममा प्रवेश गराइयो । यो पत्रकारिताको इतिहासमैं जघन्य र निकृष्ट तथा गैरव्यावसायिक हर्कत हो । यसबाट नेपाली पत्रकारिताको निधारमा कलंक लागेको मेरो ठम्याई छ ।

(ग) मेरो तेजोबध गर्न कार्यक्रमका दौरान कार्यक्रम सञ्चालक रवि लामिछानेले पत्रकारिताको मान्यता अनुरुप ‘होस्ट’को भूमिकामा नरही निलम्बित र अदालतमा मुद्दा खेपिरहेका व्यक्तिको एकोहोरो पक्षपोषण गरिरहे । उनले मेरो मानमर्दन मात्रै गरिरहे भने निलम्बित डिएसपी जिसीलाई कुनै पनि प्रश्न गरेनन् बरु जिसीलाई नै सफाई दिने नियत र शैलीमा प्रस्तुत भए । यो पत्रकारिताका सिद्धान्त, मान्यता र आचारसंहिताको नग्न उल्लंघन हो ।

(घ) मेरा दावी र तर्कलाई खण्डन गर्न कार्यक्रम सञ्चालक रवि लामिछानेले निकृष्ट तरिकाले तथ्यहरुको तोडमोड गरे भने मलाई गलत सावित गर्नका लागि नक्कली र फर्जी सामग्रीको पनि प्रयोग गरे । कार्यक्रममा भिजन मिडिया नामक यूट्यूब च्यानलले खिचेको निर्मलाकी आमा दुर्गादेवी पन्तको भिडियो आफ्नो अनुकूल हुने गरी प्रस्तुत गरे । सो भिडियोमा काँटछाँट गरेर लामिछानेले मेराविरुद्धको सामग्री बनाए ।

(ङ) कार्यक्रममा पहिचान लुकाइएकी एक युवतीलाई प्रस्तुत गरियो । ती युवतीले भोलिपल्टै ‘साझाआवाज’ नामक यूट्यूब च्यानललाई अन्तर्वार्ता दिंदै लामिछानेले आफ्नो भनाईलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाइन् । यसबाट लामिछानेसहितका विपक्षीले पत्रकारितामा गर्नै नहुने काम गरेर फर्जी सामग्री तयार गरी दर्शकलाई भ्रममा राख्ने प्रयास गरेको देखियो ।

(च) कार्यक्रममा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालले दिलिपसिंह विष्टको मानसिक अवस्थाका बारेमा जारी गरेको रिपोर्टलाई गलत भन्ने निलम्बित डिएसपी अंगुर जिसीको दावीलाई सञ्चालक लामिछानेले पूरै बल लगाएर समर्थन गरे । त्यसबारेमा उनले विशेषज्ञ राय समेत बुझ्न चाहेनन् ।

(छ) पूर्वसहमति अनुसार सञ्चालक लामिछानेले मैले तथ्यका रुपमा प्रस्तुत गर्न पठाएका ९ वटा सामग्रीमध्ये २ वटा मात्रै प्रसारण गराए भने मैले पटक–पटक अनुरोध गर्दासमेत बाँकी सामग्री लुकाइयो । यसबाट लामिछानेहितका विपक्षीले दर्शकलाई भ्रममा राखेर मलाई बदनाम गराउने पूर्वनियोजित प्रपञ्च रचेका प्रष्ट हुन्छ ।

(ज) मैले न्यूज–२४ को कार्यक्रममा सहभागी हुनका लागि सामाजिक सञ्जालमार्फत् ३ वटा शर्त राखेको थिएँ । पहिलो मेरो यातायात तथा आवासको खर्च विपक्षीहरुले नै बेहोर्नुपर्ने, दोस्रो कार्यक्रमको पूरै समय म एक्लैलाई उपलब्ध गराउनुपर्ने र तेस्रो मेरो सुरक्षाको प्रत्याभूति हुनुपर्ने । ती शर्त स्वीकारेको कार्यक्रमका उत्पादक दीपक बोहराले फेसबुकमै लेखेका थिए भने २०७६ साउन १६ को कार्यक्रममा सञ्चालक लामिछानेले पनि टेलिभिजनमैं बोलेका थिए र मसँगको एसएमएस सम्वादमा पनि उनले ती शर्त स्वीकारेका थिए । तर, विपक्षीहरुले कुनै पनि शर्त पालना गरेनन् । न्यूज–२४ टेलिभिजनले मेरा लागि धनगढी–काठमाडौंको आतेजाते हवाई टिकट पठाइदिएको भए पनि कार्यक्रमकै बीचमा सञ्चालक लामिछानेले सो रकम फिर्ता मागे । पछि मैले रु. १२०००।– (बाह्र हजार) बुझाएँ जसमध्ये उनले मलाई रु. २००।– फिर्ता गर्नुपर्ने थियो तर अहिलेसम्म सो रकम मैले फिर्ता पाएको छैन । पूर्वशर्त र पूर्वसहमतिको धज्जी उडाउँदै विश्वव्यापी प्रचलनअनुसार मेरो सबै खर्च स्वयं टेलिभिजनले उठाउनुपर्ने भए पनि उल्टै निकृष्टताको हद नाघेर कार्यक्रममैं मसँग रकम फिर्ता मागियो । यो निकृष्टताले नेपाली पत्रकारितालाई थप कलंकित बनाएको छ ।

(झ) सञ्चालक लामिछानेले २०७६ साउन १४ को अंकमा निर्मला प्रकरणकी प्रत्यक्षदर्शी भनेर पेश गरेकी महिलाले अनुसन्धानलाई कुनै लिड नगरेको कञ्चनपुरका एसपी दिनेश आचार्यले स्थानीय मिडियासँग बोलेको आवाजलाई प्रसारण गरिएन जबकी लामिछाने स्वयंले एसपी आचार्यलाई फोन गर्दा पनि सो प्रत्यक्षदर्शी सक्कली नै भएको खुलेन । नक्कली पात्रहरु खडा गर्ने र ती पात्रलाई बलजफ्ती सक्कली सावित गर्न खोज्ने यस्तो प्रवृत्तिले नेपाली पत्रकारितालाई बजारिया धन्दाका रुपमा बदनाम गरेको छ ।

(ञ) कार्यक्रममा निलम्बित डिएसपी अंगुर जिसीको पक्षपोषण गर्दै सञ्चालक लामिछानेले राज्यका निकाय तथा अंगहरुको मानमर्दन हुने गरी प्रस्तुति दिएका छन् । यसबाट पत्रकारिताको आडमा राज्यलाई नै विश्रृंखलित बनाउने र राज्यप्रति निराशा फैलाउन खोजेको देखिन्छ । यस्तो प्रवृत्तिले नेपाली पत्रकारिता निकृष्ट अभीष्ट पूरा गर्ने हतियारका रुपमा विकास हुन सक्ने खतरा देखिएको छ ।

(ट) विपक्षीहरुले मिति २०७६ श्रावण १४ को कार्यक्रममा प्रस्तुत गरेको दिलिपसिंह विष्टको भिडियो यातना दिएर बनाइएको र सो भिडियोमा गलत तथ्य रहेको भनी कञ्चनपुर जिल्ला अदालतमा सुनुवाईको क्रममा रहेको यातना सम्बन्धी मुद्दाको विषयवस्तुलाई जानजान कार्यक्रमको विषय बनाएका छन् र अभियुक्त अंगुर जिसीलाई पटक–पटक कार्यक्रममा स्थान दिने काम गरेका छन् । यसबाट अदालतको गरिमा मात्रै खण्डित गर्ने कार्य भएको छैन विचराधिन मुद्दाका अभियुक्तलाई मिडिया ट्रायलमार्फत सफाई दिने दुर्नियतपूर्ण कार्य भएको छ । विपक्षीहरुको यो कार्यले स्वतन्त्र न्यायालय सम्बन्धमा पत्रकार आचारसंहिताले गरेको व्यवस्थाको घोर उल्लंघन भएको छ ।

५. मागदावी ः उपरोक्त दलिलका आधारमा विपक्षीहरुलाई कारबाही गरिपाउँ भनी निम्नानुसारको मागदावी प्रस्तुत गर्दछु,

(क) विपक्षीहरुले पत्रकार आचारसंहिताको नग्न उल्लंघन गरेको ठहर गरी उनीहरुलाई प्रेस काउन्सिलमैं झिकाई माफीनामामा दस्तखत गराई न्यूज–२४ टेलिभिजनको सोही कार्यक्रमबाट क्षमायाचना गर्न निर्देशन गरिपाउँ । सो निर्देशन नटेरेमा राज्यबाट विपक्षीहरुले पाउने सबै सुविधा स्थगन गरिपाउँ ।

(ख)ं उपरोक्तअनुसारको प्रकरण नेपाली पत्रकारिताको निधारमा लागेको कलंक ठहर गर्दै सो सम्बन्धमा व्यापक छलफल गरी पत्रकारितालाई स्वच्छ राख्नका लागि नयाँ कानुनी व्यवस्थातर्फ पहल गरिपाउँ

६. प्रमाणहरु

(क) न्यूज–२४ को युट्यूब च्यानलमा उपलब्ध २०७६ साउन ११, १४, १६, १८ र २१ गते प्रसारित ‘सीधा कुरा जनतासँग’को अंकहरु प्रमाण लगाइ पाउँ ।

(ख) भिजन मिडिया नामक यूट्यूब च्यानलमा रहेको दुर्गादेवी पन्तको भिडियो प्रमाण लगाईपाउँ ।

(ग) साझाआवाज नामक यूट्यूब च्यानलमा रहेको साउन २१ मा परिचय लुकाइएकी युवतीको भिडियो प्रमाण लगाई पाउँ ।

(घ) दीपक बोहराले अंगुर जिसीलाई फरवार्ड गरेको मेरो इमेलको ‘एक्सेस रिक्वेस्ट’को स्क्रिन सट ।

(६) रवि लामिछाने र मबीच एसएमएसमा भएका सहमतिको क्रिन सट ।

७. यसमा लेखिएको व्यहोरा ठिक साँचो हो, झुठ्ठा ठहरे कानुनबमोजिम सहुलाबुझौला ।


निवेदक

खेम भण्डारी
ईति सम्बत २०७६ साल भाद्र ११ गते रोज ४ शुभम् 🙷

Source : Khem Bhandari  (को फेसबुक बाट )

रवी लामिछने, बर्तमान नेत्रित्तो र परिवर्तन : एक बिश्लेशण

बर्तमान घटनाक्रम हेर्यौ भने सडकमा जनताहरु उत्रिएको देखिन्छ । उनिहरु रबीको समर्थनमा उठेका हुन्न भन्दा पनि अत्तिउक्त्ती नहोला । यस्को मत्लब सबै रबिलाई समर्थान गर्न मात्र पनि होइन । धेरै त आफ्नो राजनैतीक प्रचार को थालो बनाउन त्यहाँ गएको प्रस्टै छ । सबैले यो जनसागर लाई रबी को समर्थn र बर्तमान नेत्रित्तोको बिरोध को उपमा दियको देखिन्छ ।

त्रिभुवन विश्वबिद्यालयका अप-प्रध्यापक, समालोचक तथा कबी महेश पौड्याल आफ्नो फेसबुक पोस्टमा यस्तो लेख्नु हुन्छ :
         
    "रवि लामिछानेको पक्षमा देखिएको विशाल जनसमर्थनका दुई पाटा छन्ः
               १. थुप्रै मान्छे उनको क्षमतामा विश्वास गर्छन्, र उनले चलाएको पोल–खोल अभियभनबाट प्रभावित                        छन् । यो उनको मेरिट कार्ड हो ।
               २. अधिकांश जनता सरकारबाट दिक्क छन्, र यो अवसरलाई सरकारप्रतिको असन्तुष्टि प्रकट गर्ने                         अवसरका रूपमा लिइरहेका छन् । यो सरकारको डिमेरिट कार्ड हो ।
               यी दुवै अवस्थामा देशको वर्तामान अवस्था नाजुक, र सरकारी तन्त्र असफल भएको आभास पाइन्छ                     ।

किन अयो बिरोधी-लहर   ? 
१. जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयः मूल्यबृद्धि, बाटोघाटो, पुलपुलेसो, पानी, प्रदूषण, स्वास्थ्य आदि क्षेत्रमा प्रगति शून्य । 
२. अधिकांश समय, जनताको दैनन्दिनीसँग प्रत्यक्ष सरोकार नराख्ने पानी जहाज, रेल, भ्युटावर, लक्जरी ब
स...भनेर समय बित्यो । 
३. कुनै पनि पूर्वाधार (कृषि, औद्योगिक उत्पादन, प्रतिव्यक्ति आय, रेमिटेन्स) आदिले प्रत्याभूत नगर्ने 8 प्रतिशतको आर्थिक बृद्धिको झुटो र हावादारी गफ । 
४. हरेक प्राज्ञिक र संवैधानिक नियुक्तिमा राजनीतिक भागबण्डा । 
५. शून्य सेवा, अगण्य कर । सेवा दिए कर दिन्छ जनताले । खोई सेवा?
६. झाडा टार्ने प्रकृतिको रोजगारी । न दिगो योजना, न स्थायी आय । 
७. भ्रष्टाचार हरेक कुनाकाप्चामा । स्थानीय निकायमा प्रतिनिधिबीच बोलचालै छैन रे । 
८. कुनै पनि न्यायिक जाँच कहिल्यै पनि निष्कर्षमा नपुग्ने । दोषी मुक्त । मरेर जाने गुम्नाम । निर्मला काण्ड ।"

Source : Mahesh Paudyal



के जनता सछै सचेत भएत ?
यस्लाई यसरी हेरौ :

  1. जनता ऐले उठे र बढी सचेत जस्तो देखिएछन । तर चुनावमा पुरानै नेताले जितेको र नयाँ केही भीजन भए जस्तो नेताको धरौटी लिमिमी भएको देख्ने हामी नै हौ । 
  2. रबीलाई धेरैले समर्थन गरेको पक्कै हो । तर ति सबै जनता रबिका को अलवा अन्य नयाँ राजनैतीक पार्टीको प्रचारको अभिस्ट पुरा गर्न आएको पनि देखियो । 
  3. हामी जनता पनि स्वोतन्त्र नागरिक कम, पार्टीको वोकालत गर्ने कार्यकर्ता जस्ता बढी देखिन्छौ । 
  4.  चुनाव को पारीणामको कुरा गरौ fact and figure को आधारमा :






           क)  नेपालमा जम्मा जम्मी एक करोड voters छन्न  ( २०७४ को चुनाव मा ९५४४७४४ )

          ख) तेस मध्य ऐले को नेकपा ले ल्यएको vote ( ३१७३४९४ + ३१२८३८९ = ६३०१८८३ ) समानुपातिक तर्फ             । समानुपातिक को vote आफ्नै कार्यकर्ताहरु ले मात्रा हालेको भनेर बिश्लेशन गरिन्छ ।
          ग)   यो कुराको आधार के छ भने नेकपाको कार्यकर्ता १० लाख रहेछन । डेटा हेर्ने हो भने नेपाल मा एक                घरमा औशतमा ४ जना सदस्य छन । यो हिसाबबाट हेर्दा यिनिहरुको प्राप्त vote बढी आफ्नै                              कार्यकर्ताको देखिन्छ । जुन परिवर्तन हुन अली गरो देखिन्छ । यो तथ्यले यही राजनैतीक ब्यबस्थामा                    नयाँ  पार्टी को उदय हुन निकै संघर्श गर्नु पर्दछ ।

           घ ) यस्तो हुँदा सरकारलाई आलोचना गर्ने काम छन ; केही बुद्धिजिबी, पत्रपत्रीका तथा मिडिया अनी                   विपक्षी पार्टी मात्र आलोचनामा उत्रिएको देखिन्छ ।नेकपाको कुरा गर्नेहो भनेर आलोचना गर्न बन्देज छ ।

समग्रमा हेर्दा पुरानै नेत्रित्तो स्थापित हुने र पुराना पार्टीहरु झन निरन्कुस हुने सम्भावना बढी देखिन्छ । 
   
     

Tuesday, August 27, 2019

प्रभास ले भने मलाई दिपिका र आलिय मन पर्छ



प्रभास ले भने मलाई दिपिका र आलिय मन पर्छ । भारतको एक चर्चित कार्यक्रम कपिल शर्मा शो मा शाहो फिल्मको प्रोमोशनको क्रममा प्रभासले आफुलाई बलिउड अभिनेत्रीहरु मा दिपिका र आलिया मन पर्ने बातए । साथै उन्ले आफुलाई सल्मान खान तथा शरुख खान पनि मन पर्ने बाताय । जब उन्ले आफुलाई आलिया मन पर्ने भने, तब कपिल ले उन्को मजाग गर्दै भने "आलिया त अली सानौ छ ।" हासो ले सबै सो भरियो ।

 उक्त  कार्यक्रममा श्रद्धा कपुर पनि साथमै आएकी थिइन । कपिलले श्रद्धा ले पहिलो पटक साउथ फिल्म खेलेकोमा प्रश्न गरेका थिए कि " श्रद्धा लाई साउथ industry कस्तो लाग्यो" । उन्ली भनिन "मलाई साह्रै मन पर्‍यो । मलाई सबै भन्दा बढी रेस्पेक्ट् मन पर्‍यो । जुन हाम्रो north industry अर्थात Bollywood मा कम देख्न पाईन्छ" । बलीउड मा अली rough शब्दहरु बढी प्रयोग हुने गरेको छ ।

 उक्त कार्यक्रममा हास्याबेंग्त्मक 'कैइल बनेगा करोढ्पती' भंने कार्यक्रम पनि चलेको थियो । जस्मा प्रभाश लाई प्रश्न सोधिएको थियो "बाहुबली लाई कटप्पाले किन मर्यो ? "

 प्रभाशले अली शर्मिलापन देखएका थिय । उनी खसै धेरै बोलेनन । उन्ले बोलेको सबै भन्दा लामो शब्द ४ वा ५ शब्दको मात्रा थियो ।

Daily 9 Healthy Habits for a Successful Life